सेयरको घरायसी तथा मृत्यु नामसारी थप एक हप्ता बन्द

  २०७८ माघ ११ गते १५:०६     विकासन्युज

काठमाडौं । सेयरको घरायसी तथा मृत्यु नामसारी सेवा थप एक हप्ता बन्द हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) ले कार्यालयमा संक्रमित कर्मचारीको संख्या बढ्दै गएकोले हाल बन्द रहेको उक्त सेवा थप एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।

सिडिएससीले गत माघ ३ गतेदेखि माघ ११ गतेसम्म उक्त सेवा बन्द गरेको थियो । यससँगै अब उक्त सेवा थप एक हप्ता अर्थात माघ १९ गतेसम्मका लागि बन्द गरिएको सिडिएससीले एक सूचना मार्फत् जानकारी दिएको छ ।

संकमितको संख्या बढ्दै गईरहेको साथै कर्मचारीहरु होम आइसोलेसनमा बसिरहेकाले उक्त सेवा थप बन्द गरिएको सिडिएससीले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.