इमर्जिङ नेपालले पनि आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति

  २०७८ माघ १० गते ९:३५     विकासन्युज

काठमाडौं । इमर्जिङ नेपालले पनि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

बोर्डले माघ ९ गते मात्रै कम्पनीलाई स्वीकृति दिएको हो । यससँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरका ५ लाख ५५ हजार ६०० कित्ता सेयर जारी गर्ने छ ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समूह अन्तर्गतको कम्पनी हो ।

थप सामाग्रीः यी ५ कम्पनीकाे एक अर्ब २१ करोडको आईपीओ जारी हुँदै, कसको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.