नेपाल टेलिकम र साइबरनेटिक्सबीच दुर्गममा वाइफाई सेवा पुर्याउने सम्झौता

  २०७८ माघ ६ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकम र साइबरनेटिक्सबीच फोरजि एलटिइ नमस्ते वाईफाईमार्फत दुर्गमका ग्राहकलाई डिभाइससहित सेवा प्रदान गर्ने सम्झाैता भएकाे छ ।

बुधबार सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।

फोरजि एलटिइ नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल इन्डिभिजुवल प्याकेज र गभरमेन्ट इन्स्टिच्युसन प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । इन्डिभिजुवल प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक ८०० मा ६० जिबि ३० दिनका लागि उपलब्ध छ ।

त्यसैगरी १ वर्षका लागि ९००० मा ७२० जिबि प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिबिको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ४०० मा १५ दिनका लागि ६० जिबि प्याक लिन सकिन्छ ।

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १,२०० मा १२० जिबि प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि १३ हजार ५०० मा १,४४० जिबि प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जिबिको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ६०० मा १५ दिनका लागि १२० जिबि प्याक लिन सकिन्छ ।

गभरमेन्ट इन्स्टिच्युसन प्याकेजमा ३ हजार ६५० र २१ सयमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.