प्लाटिनम कलेजको हल्ट प्राइज अभिमुखीकरण कार्यक्रम सम्पन्न, विद्यार्थीलाई स्वरोजगार बनाउने लक्ष्य

  २०७८ माघ ५ गते १२:१६     विकासन्युज

काठमाडौं । काठमाडौंको डिल्ली बजारमा रहेको प्लाटिनम कलेजको बुधवार हल्ट प्राइज अभिमुखीकरण सत्र भर्चुअलमार्फत सम्पन्न भएको छ । प्लाटिनम कलेजका विद्यार्थीले हल्ट प्राइजको अभिमुखीकरण कार्यक्रम भर्चुअल माध्यबाट आयोजना गरेका थिए ।

हल्ट प्राइजकोबारेमा विद्यार्थीलाई बुझाउन र यसको महत्वको बारेमा छलफल गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

‘संसारलाई काममा फर्काउने’ हल्ट प्राइज २०२२ को नारा रहेको छ । विद्यार्थीहरुमा भएका समस्यालाई समाधान गरी उनीहरुलाई स्वरोजगार बनाउनका लागि व्यापार व्यवसाय सञ्चालन गर्न आर्थिक सहयोग गर्ने पनि कार्यक्रमको लक्ष्य छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा हल्ट प्राइज फाउन्डेसनका कर्पोरेट रिलेसन म्यानेजर मेधविनी ढकाल उपस्थिति थिए । कोभिड–१९ को समयमा विद्यार्थीको तनाव कम गर्न र विद्यार्थीमा लुकेको प्रतिभा खोजी गर्न हल्ट प्राइज कार्यक्रमा सञ्चालन गरिएको ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.