कृषि विकास बैंकमा चेक बिना नै खाताम रकम भुक्तानी गर्न सकिने

  २०७८ माघ ३ गते १८:३४     विकासन्युज

काठमाडौ । कृषि विकास बैंकले ५५ औं वार्षिकोत्सवको उपलक्ष्यमा क्युआर टेलरको सुरुवात गरेको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको कर्पोरेट बैंकिग कार्यालय, रामशाहपथमा क्युआर टेलरबाट कारोबार गरी यो सेवाको सुरुवात गरेका हुन् ।

योसँगैं बैंकको मोबाइल र्बैकिङ सेवा लिएका ग्राहकहरुले चेक बिना नै सहज तथा सुरक्षित रुपमा क्युआर टेलरबाट क्युआर स्क्यन गरी आफ्नो खाताको रकम भुक्तानी लिन सक्नेछन् ।

बैंकले वित्त बजारका अन्य बैंक तथा वित्तीय संस्थाहरुसँंग प्रतिस्पर्धा गर्न परम्परागत बैंकिग गतिविधीका अतिरिक्त ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिंग सेवाहरु संचलन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.