एनआईसी एसियासहित ११ बैंकको निक्षेप खस्कियो, ऋण लगानीमा ग्लोबल आईएमई र हिमालयन आक्रामक

  २०७८ माघ ३ गते १८:०१     विकासन्युज

काठमाडौं । चालु आर्थिक बैंकहरुको ६ महिनामा ११ वाणिज्य बैंकको निक्षेप घटेको छ । गत आर्थिक वर्षको असार महिनाको तुलनामा पुसमा ११ बैंकको निक्षेप घटेको हो ।

निक्षेप घट्ने बैंकहरुमा कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप घटेको हो ।

यस्तै, एनआईसी एसिया बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप खस्किएको छ । पुस महिनासम्म सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकको रुपमा एनआईसी एसिया बैंकले २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस्तै, ग्लोबल आईएमई बैंक र हिमालयन बैंक कर्जा लगानीमा आक्रामक देखिएका छन् । ६ महिनाको तुलनामाा ग्लोबल आईएमई बैंकले २८ अर्ब रुपैयाँले कर्जा लगानी गरेको छ भने हिमालयन बैंकले २६ अर्ब २८ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ ।

यो ६ महिनामा ११ वटा बैंकको निक्षेप घटेपनि सबै बैंकले कर्जा लगानी बढाएका छन् । हालसम्म बैंकहरुले कुल ४१ खर्ब ४२ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् भने कुल ४३ खर्ब २४ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.