सहारा क्लबलाई लुम्बिनी बिकास बैंकको आर्थिक सहयोग

  २०७८ माघ ३ गते १७:४२     विकासन्युज

काठमाडाैं । लुम्बिनी विकास बैंकले सहारा क्लब पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेकाे छ । बैंकले क्लबलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ४३ हजार सहयोग गरेकाे हाे ।

बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।

एकेडेमीमा हाल १५ जिल्लाका २४ कठिन एवं विपन्न परिस्थतिका बालक छन् । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.