लुम्बिनी विकास बैंककाे थप दुई नयाँ शाखा विस्तार

  २०७८ माघ ३ गते १३:२७     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंले माघ ३ गतेदेखि थप दुई शाखाहरुको शुभारम्भ गरेको छ । बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं। ०५  र बुटवलको ट्राफिक चोकमा नयाँ  शाखाको  शुभारम्भ गरेको हो ।

योसँगै बैंकको शाखा संख्या ७९ पुगेको छ । देशभरका शाखाहरु मार्फत २०७८ पौष मसान्तसम्ममा बैंकले ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।

बैंकले देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.