हिमालयन बैंकका सबै सन्ध्याकालिन काउन्टर बन्द

  २०७८ माघ ३ गते १२:५४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सबै शाखाका सन्ध्याकालिन काउन्टरहरु बन्द गरेको छ । बैंकले माघ ३ गतेदेखि सञ्चालनमा रहेका सबै सन्ध्याकालिन काउन्टरहरु बन्द गरेको हो ।

बैंकले कोभिड १९ को बढ्दो महामारीलाई ध्यानमा राख्दै अर्को सूचना प्राप्त नभएसम्मका लागि बन्द गराएको हो ।

त्यस्तै, बैंकले यो महामारीमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल सुविधा प्रयोग गर्न सबै ग्राहकलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.