एनबी बैंकको सेयर माघदेखि किनबेच गर्न नपाइने

  २०७८ पुष ३० गते १४:४८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको सेयर आगामी माघदेखि किनबेच गर्न नमिल्ने भएको छ । बैंक नबिल बैंकसँग एक्वायर गर्ने प्रकृयामा रहेकोले दोश्रो बजारमा बैंकको सेयर किनबेच नहुने भएको हो ।

दुई बैंक एक्वायरले एक्वायरको प्रकृया शुरु गरेसँगै नेप्सेले एनबी बैंकको सेयर कारोबार रोक्का गरेको हो । सेयर बजारमा एनबीको सेयर कारोबार माघ २ गतेदेखि रोक्का हुने छ ।

उक्क एक्वायरको प्रकृयामा जान दुई बैंकबीच पुस २९ गते प्रारम्भिक सम्झौता भएको हो । दुई बैंकले पाँच महिनाभित्र एक्वायर कार्य सम्पन्ने गर्ने गरी प्रारम्भिक सम्झौता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.