नबिल इन्भेष्टमेण्टले ल्यायाे इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सेवा

  २०७८ पुष २९ गते ११:२१     विकासन्युज

काठमाडाैं । नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताकाे लागि इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस संचालनमा ल्याएको छ ।

यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले वार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल २ हजार २२ रुपैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ । नन डिस्क्रेसनरी प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन ।

यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो विश्लेषक तथा गहन विश्लेषण, रिर्सचको आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ ।

नबिल इन्भेष्टमेन्टकाे अनुसार पाेर्टफाेलियाे व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम बहेक नाफा भएको रकम जुनसुकै बेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ ।

यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसँग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिने नबिल इन्भेष्टमेन्टले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.