बढ्यो हुलाकको महसुल दर, अब पत्रपत्रिका पठाउँदा सय रुपैयाँ लाग्ने

  २०७८ पुष २८ गते ९:५७     विकासन्युज

काठमाडौं । सरकारले हुलाक महसुल दर बढाएको छ । हुलाक सेवा ऐनले दिएको अधिकार प्रयोग गर्दै सरकारले माघ १ गतेदेखि महसुल बढाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार राजपत्रमा सूचना प्रकाशन गर्दै हुलाक सेवा ऐन, २०१९ को दफा ६ र ८ ले दिएको अधिकार प्रयोग गरी मूल्य बढाईएको जनाईएको छ ।

आन्तरिक हुलाकबाट पहिलोपटक चिठी पठाउँदा पहिले ८ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ लाग्ने भएको छ । यस्तै, दोस्रोपटक पठाउँदाको महसुल भने ५ रुपैयाँ नै कायम हुनेछ ।

हवाइ पत्र पठाउँदा लाग्ने शुल्क ३ रुपैयाँबाट ५ रुपैयाँ बनाइएको छ । हुलाक पत्र ५ बाट १० रुपैयाँ र छापा पत्र ७ बाट १० रुपैयाँ पु¥याइएको छ ।

त्यस्तै सतह डाँक सेवाको मूल्य ३० बाट २ सय पु¥याइएको छ । यसमा २ किलोग्रामबाट न्यूनतम तौल सुरु हुन्छ। त्यसपछि प्रत्येक पाँच सय किलोग्राममा ५० रुपैयाँ लाग्ने छ। यसमा पहिले ३० रुपैयाँ थियो। त्यस्तै हवाइ डाँक सेवामा २ किलोग्रामसम्म २३० रुपैयाँ लाग्ने छ ।

पत्रपत्रिका नवीकरण दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न) यसअघि ५० रुपैयाँ लाग्ने गरेकोमा बढाएर एक सय रुपैयाँ बनाईएको छ । यस्तै, प्रत्येक थप जिल्लाको लागि ५ रुपैयाँ लाग्नेगरेकोमा १० रुपैयाँ बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.