माछापुच्छ्रे बैंकद्वारा प्रहरीलाई रोड ब्यारीगेट हस्तान्तरण

  २०७८ पुष २७ गते १६:५६     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका थिए । बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रर्दशनहरुलाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरिएकाे बैंकले जनाएकाे छ ।

माछापुच्छे बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानबाट १० लाखभन्दा बढि ग्राहकहरुमा बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.