कार्तिक यताकै उच्च बिन्दुमा नेप्से परिसूचक, अपिको सर्वाधिक कारोबार हुँदा ७ कम्पनीमा सर्किट

  २०७८ पुष २७ गते १५:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा बढेको छ । बजार निरन्तर रुपमा बढेसँगै सेयर मूल्य मापक नेप्से परिसूचक पनि गत कार्तिक यताकै उच्च बिन्दुमा पुगेको छ ।

पुस २७ गते मंगलबारको परिसूचक ४९.१९ अंकले बढेर २८३४.१३ बिन्दुमा पुगेको छ । जुन करिब साढे दुई महिना पछिकै उच्च अधिकतम बिन्दु हो । गत कार्तिक १७ गतेको बजारमा नेप्से परिसूचक २८४८.८४ बिन्दुमा पुगेको थियो । त्यसयता परिसूचकले २८०० बिन्दु पार गरेको सम्भवतः दुई पटक ( (आजसहित) हो ।

मंगलबार ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा भने घटी हो । सोमबारको बजारमा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

२३२ स्क्रिप्सको किनबेच भएको बजारमा सबैभन्दा बढी अपि पावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, १० करोडभन्दा माथिको सेयर कारोबार गर्नेमा अन्य ९ कम्पनी रहेका छन् ।

त्यस्तै, करिब ५० अंकले बढेको बजारमा ८ कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्था र न्यादी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९२ र ९.७९ प्रतिशतले बढेका छन् ।

बजारमा माउन्टेन इनर्जीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य ३.५२ प्रतिशतले घटेर प्रतिकित्ता ११७७ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ५९७.७१ अंकले उकालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.