सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने

  २०७८ पुष २६ गते १८:१८     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । साेमबार बैंक र रिसाेर्टबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झाैता भएकाे हाे ।

उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र आगन्तुक रिसोर्टका तर्फबाट उक्त कम्पनीका संचालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्र अनुसार अब सांग्रिला बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्टबाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग वा क्युआर कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.