हिमालयन बैंकले संकटा क्लबलाई शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा प्रायोजन गर्ने

  २०७८ पुष २६ गते १७:३३     विकासन्युज

काठमाडाैं । हिमालयन बैंकले संकटा क्लबलाई शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा प्रायोजन गर्ने भएकाे छ । बैंकले न्यूरोडस्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरेसँगैं प्रतियोगितामा प्रायोजन गर्ने भएकाे हाे ।

बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको जनाएकाे छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिव रमेश धोज बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

उक्त समारोहमा महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधर लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.