नबिलसहित ६ कम्पनीको सेयर भाउ घट्यो

  २०७८ पुष २५ गते १६:३०     विकासन्युज

काठमाडौं । आइतबारको बजारमा विभिन्न ६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७३ अंकले बढेको बजारमा पनि कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयर भाउ घटेको हो ।

जसमा वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, होटल एण्ड टुरिजम र उत्पादनमूलक समूह अन्तर्गतका कम्पनीहरु रहेका छन् ।

जसमध्ये वाणिज्य बैंक अन्तर्गतको नबिल बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य सामान्य ०.०९ प्रतिशत अर्थात १ रुपैयाँले घटेर प्रतिकित्ता १११३ रुपैयाँमा कारोबार भएको छ । जसको प्रतिकित्ता सेयर अधिकतम १७४० रुपैयाँसम्म कारोबार भएको थियो । बोनस सेयरको लागि मूल्य समायोजन भएदेखि अर्थात पुस ११ गतेदेखि नै बैंकको सेयर मूल्य निरन्तर रुपमा घटिरहेको छ ।

बजारमा रौनकता कायमै, एकैदिन ९३.४६ प्रतिशतले बढ्यो सेयर कारोबार

त्यस्तै, मिथिला लघुवित्तको पनि सेयर मूल्य १.२७ प्रतिशतले घटेर प्रतिकित्ता १६३० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २१ रुपैयाँले घटी हो ।

आइतबार सेयर मूल्य घट्नेमा विकास बैंक समूहका दुई कम्पनी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र फर्ष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक रहेका छन् । यी दुईको सेयर मूल्य सामान्य प्रतिशतले घटेर क्रमशः ११९५ र ८९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

होटल एण्ड टुरिजम अन्तर्गतको चन्द्रागिरी हिल्सको सेयर मूल्य १० रुपैयाँले घटेको छ । र, अन्तिम कारोबार प्रतिकित्ता १५०५ रुपैयाँमा भएको छ । दोश्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयर २८०० रुपैयाँसम्ममा किनबेच भएको थियो ।

बोटलर्स नेपाल (तराई)को पनि सेयर मूल्य १२७ रुपैयाँले घटेको छ । उत्पादनमूलक समूह अन्तर्गतको यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ हजार ५७३ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.