सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौंः गृहमन्त्री लामिछाने

  २०८१ वैशाख १४ गते १८:२१     विकासन्युज

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर गरेर पीडितहरुको रकम फिर्ता गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताएका हुन् ।

उनले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको जानकारी गराए । अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन् धेरै समस्या थपिएको भन्दै उनले कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताए । उनले सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पत्तिलाई बेचबिखन गरी फिर्ता गर्न शुरुवात गरिने निर्णय सरकारले गरिसकेको बताए ।

साथै, उनले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठगि गरेका मानिसहरुको सम्पत्ति रोक्का गरेर त्यसबाट पीडितहरुलाई न्याय दिने क्रमको शुरुवात हुने जानकारी गराए ।

त्यस्तै, उनले सहकारीको पैसा ठगेका र हाल सो पैसा तिर्छु भन्नेहरुका लागि पनि पैसा तिर्ने अवसर दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.