नेपाल पुनर्बीमाको १९ प्रतिशत लाभांश पारित, सञ्चालकमा पाण्डे र पन्त निर्वाचित

  २०७८ पुष २२ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले प्रस्तावित १९ प्रतिशत लाभांश पारित गरेको हो ।

यससँगै कम्पनीका सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर सहित) लाभांश पाउने भएका छन् । यससँगै कम्पनीका सेयरधनीले पहिलो पटक लाभांश पाउने भएका हुन् ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिमा दुई जनालाई निर्वाचित गरेको छ । सभाले सञ्चालक समितिको निर्वाचनबाट दीप प्रकाश पाण्डे र सुनिल बल्लभ पन्तलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । जसमध्ये सञ्चालक पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् भने पन्त एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.