वाणिज्य बैंकलाई धितोपत्र व्यवसाय गर्न अनुमति दिन सुझाव

  २०७८ पुष १६ गते १८:१७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई वाणिज्य बैंकलाई पनि धितोपत्र व्यवसाय गर्न अनुमति दिन सुझाव दिएको छ । परिसंघले बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका लागि राष्ट्र बैंकलाई सुझावहरु दिँदै धितोपत्रको कारोबार गर्न अनुमति दिन सुझाव दिएको हो ।

‘सम्बन्धी ऐन २०६३ को दफा ६२ मा “बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्पmत्मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ” भन्ने व्यवस्था भएकोले पनि धितोपत्रको कारोबार गर्न पाउनु पर्ने माग सुझाव दिएको हो ।

तर, सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ धितोपत्र बोर्डले बनाएको, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुंदामा “प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ बर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ” भन्ने व्यवस्था गरिएकोले वाणिज्य बैंकले यस्तो व्यवस्था गर्न सुझाव दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरु गाउँर दूर दराजसम्म फैलिएकाले छरिएर रहेको पूँजी परिचालनका लागि योगदान दिने भएकाले बैंक तथा वित्तीय संस्थालाई सहायक कम्पनीमार्फत् धितोपत्र व्यवसाय गर्ने व्यवस्था गर्नुपर्ने परिसंघको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.