मौसममा सुधारु आएसँगै बिहानैबाट आन्तरिक उडान सुचारु

  २०७८ पुष १५ गते ११:१६     विकासन्युज

काठमाडौं । मौसममा केही सुधार आएपछि आन्तरिक उडानहरु पुनः सुचारु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहीबारदेखि आन्तरिक उडानहरु सुचारु भएको जनाएको हो ।

प्रतिकूल मौसमका कारण बुधबार अधिकाशं आन्तरिक उडान रोकिएका थिए । आज बिहानबाट मौसममा सुधार आएसँगै सबै गन्तव्यका आन्तरिक उडान सुरु भएको विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाइँले जानकारी दिए ।

उनका अनुसार सबै गन्तव्यमा बिहानदेखि उडान सुचारु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.