सिरिन्ज नभएपछि फाइजर खोप अभियान स्थगित

  २०७८ पुष १३ गते ११:३२     विकासन्युज

काठमाडौं । मंगलबारदेखि आठ जिल्लामा सुरु गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । खोपका लागि आवश्यक सिरिन्ज उपलब्ध नभएपछि आठ जिल्लामा ११ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने अभियान स्थगित भएको हो ।

कोभाक्स सुविधाअन्तर्गत प्राप्त ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोपसँगै प्राविधिक कारणले सिरिन्ज  नआएपछि अभियान केही दिनका लागि स्थगित गरिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारी बताए ।

मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, चितवन, काभ्रे, डडेलधुरा र सुर्खेतमा फाइजर खोप अभियान सुरु गर्ने जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.