त्रिशुली रिभरसाइड रिसोर्टले ल्यायो अङ्ग्रेजी नयाँ वर्षको अफर

  २०७८ पुष १३ गते १०:०६     विकासन्युज

काठमाडौं । नजिकिदै गरेको नयाँ वर्षको अवसरमा काठमाडौं नजिकैको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले विभिन्न प्याकेज तथा छुटहरूको अफर ल्याएको छ ।

काठमाडौबाट ६५ किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट एड्भेन्चर पारखीका लागि प्रसिद्ध छ । न्यु इयर इभ र न्यु इयरको दिनमा लाइभ ब्याण्ड एवम् डिजे पार्टी समेत गरिने बताइएको छ ।

डे पिकनिकको लागि तीनपटकको खाना सहित प्रति व्यक्तिको एक हजार पाँच सय रुपैयाँको अफर छ भने ¥याफटिङको लागि निशुल्क फोटो सहित प्रति व्यक्ति आठ सय रुपैयाँको अफर रहेको छ । जिपलाइन राइडको ओपनिङ अफरको रुपमा तीस प्रतिशत छुट सहित  एक हजार पचास रुपैयाँको अफर रिसोर्टले ल्याएको रिसोर्टका सन्चालक उद्वब कँडेलले बताए ।

गतिविधि मात्र नभएर रिसोर्टले नयाँ वर्षको अवसर अकोमोडेशनमा पनि छुटको व्यवस्था गरेको छ । बालकनी र कौसी सहितको एसी डिलक्स रुमको तीन हजार पाँच सय रुपैयाँ तोकिएको छ । त्यस्तै ग्रुप रुमको भने प्रति व्यक्ति दुई हजार दुई सय रुपैयाँ तोकिएको छ । त्यस्तै टेन्टको भने एक हजार छ सय रुपैयाँ प्रतिव्यक्ति तोकिएको छ । यी सबै आवसिय प्याकेजमा तिन पटकको खाना, डिजे पार्टी र फोटो समावेश हुनेछन् ।
यो सँगै रिसोर्टले गाडीको पनि व्यवस्था गरेको छ । काठमाडौं देखि रिसोर्ट र रिसोर्ट देखि काठमाडौंको लागि बसमा प्रति व्यक्ति आठ सय रुपैयाँ र सोही रुटमा निजी कार रिजर्भ गर्न चाहेमा छ हजार पाँच सय रुपैयाँ, जीपको लागि दस हजार रुपैयाँ, हायस माइक्रोको लागि बाह्र हजार पाँच सय, मिनी बसको चौध हजार र टुरिस्ट बसको बीस हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.