निफ्राको लाभांश पारित, सञ्चालकमा पोखरेल र अधिकारी निर्वाचित

  २०७८ पुष १ गते १७:२५     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रस्तावित लाभांश पारित भएको छ । मंसिर २९ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको ८.४२ प्रतिशत लाभांश पारित गरेको हो ।

यससँगै सेयरधनीले चुक्ता पुँजी २० अर्बको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश पाउने छन् ।

नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वटमा तेस्रो वार्षिक साधारण सभा डाकेको थियो ।

त्यस्तै, सभाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकलाई निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेमा सुमन पोखरेल र लिमा अधिकारी आचार्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.