थप ४ स्थानमा सिटिजन्स बैंककाे प्रिभिलेज काउन्टर विस्तार

  २०७८ मंसिर २९ गते १७:१३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले थप ४ स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको हाे ।

यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादीमा रहेको प्रिभिलेज काउन्टरबाट मात्र आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.