४ महिनामा १ खर्ब ५० अर्बको शोधान्तर घाटा

  २०७८ मंसिर २९ गते १७:०३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति रु.१ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता रु.२२३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१९ अर्ब १ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई रु.२ अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई रु.६ अर्ब ६३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ७५ करोड रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.