‘तरलतामा अत्याधिक चाप छ, चनाखो भएर ऋण लगानी गर्नु’

  २०७८ मंसिर २९ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुगांनाले चनाखो भएर कर्जा लगानी गर्न बैंकहरुलाई आग्रह गरेकी छन् ।

नेपाल उद्योेग वाणिज्य महासंघले बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा आफ्नो धारणा राख्दै उनले सबैले धैयर्ता अपनाएर ऋण लगानी गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले बैंक सँगै उद्योगीहरुलाई समेत आयात गर्ने वस्तुहरुको छनोटमा संयमितता अपनाउन आग्रह गरिन् । साधन परिचालन र कर्जा प्रवाहमा असन्तुलन, सरकारी खर्च कम हुँदा र रेमिटेन्स घट्दा र वस्तु आयात बढ्दा पनि तरलता समस्या आएको उनको भनाई थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.