मुक्तिनाथ विकास बैंकद्वारा २ वटा संस्थालाई आर्थिक सहयोग

  २०७८ मंसिर २९ गते १२:४१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस महिना २ वटा संस्थालाई सहयोग गरेको छ ।

बैंकले ललितपुर स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि १७ हजारको आर्थिक सहयोग गरेको छ ।

यस्तै बैंकले आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई, सोहि आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निशूल्क टेबल टेनिसको तालिम दिन बैंकले ४० हजारको आर्थिक सहयोग हस्ताणतरण गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वमार्फतको यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको जनाएको छ ।

बैंकले एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.