स्ट्याण्डर्ड चार्टर्ड बैंकको सभाले पारित गर्यो १३ प्रतिशत लाभांश

  २०७८ मंसिर २९ गते १०:५६     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रस्तावित १३.०६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २८ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद लाभांश पाउने भएका छन् । तर मंसिर ९ गतेसम्म कायम सेयरधनीले मात्रै सो मात्राको लाभांश पाउने छन् ।

बैंकको साधारणसभा काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.