डडेल्धुरा र दिपायलमा महिन्द्राको थ्रीएस शोरुम स्थापना

  २०७८ मंसिर २६ गते १३:०९     विकासन्युज

काठमाडौं । अग्निग्रुपले डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँबिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त उक्त शोरुम डडेल्धुराको किर्तिपुरमा अग्नीग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुखश्री संगीता भण्डारीले शनिबार संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

डडेल्धुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँचउपलब्ध गराई लाभप्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार उक्त शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअपसहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् ।

सोहीदिन अग्निग्रुपले डोटीस्थित दिपायलमा रहेको दक्षिणकाली मोटर कोर्पमा पनि थ्रिएस सेटपमै महिन्द्राका नयाँ शोरुम र सर्भिस सेन्टरको समुद्घाटन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.