टाेयाेटा नेपालले सार्वजनिक गर्याे रियाज, मूल्य ८६ लाखसम्म पर्ने

  २०७८ मंसिर २६ गते १२:०९     विकासन्युज

काठमाडौं । नेपालमा टोयोटाको लागि एकमात्र आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपालमा नयाँ एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ ।

राइजलाई एक पावरफुल र निकै विशेषता भएको प्यासेन्जर गाडीको रुपमा व्याख्या गर्न सकिने कम्पनीका जेनरल म्यानेजर महेश कुमार एमले बताउँछन् । साइजमा सानो रहे पनि यसमा भएको २०० ग्राउण्ड एमएम ग्राउण्ड किल्यरेन्स, ४.९ मिटरको टर्निङ रेडियस, ३६९ लिटरको बुट स्पेस र फरकिलो सुटिङ लगाययतको फिचरले यसलाई उत्कृष्ट बनाउने एमले बताए ।

कम्पनीको अनुसार यसमा रहेको १७ इन्चको टायरले यात्रालाई निकै सहज बनाउँदछ । राइजमा १७ विभिन्न खालका स्टोरेज स्पेस, इन्टरटेन्टमेन्टको लागि एप्पल कारप्ले र एन्डरोइडसहितको ७ इन्चको डिस्पले रहेको छ ।

एनकाे अनुसार सुरक्षाको हिसाबले पनि राइज निकै भरिपुर्ण रहेको छ । यसमा रियरभ्यु क्यमारा जडित रहेको छ भने अगाडी र पछाडी दुई दुई वटा सोनार सेन्सर रहेको छ ।

४ वटा भेरियन्टमा उपलब्ध रियाजकाे मूल्य ६६ लाखदेखि ८६ लाखसम्म रहेकाे कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.