गुहेश्वरी मर्चेण्टकाे नयाँ शाखा ईटहरीमा

  २०७८ मंसिर २२ गते १५:५८     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्टले २२ औं शाखा सुनसरी जिल्लाको ईटहरीमा विस्तार गरी बैकिंग कारोवार सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको शुभराम्भ उद्योग वाणिज्य संघ, इटहरीका वरिष्ठ उपाध्यक्ष श्री दिबस पोख्ररेल र यस संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले संयुक्त रुपले गरेका छन् । ईटहरी शाखा सञ्चालनमा आए पश्चात् संस्थाको कुल शाखा संख्या २२ र एक्सटेन्सन काउन्टर २ पुगेको छ ।

हाल यस संस्थाले प्रदेश नं.१ मा ५ शाखा कार्यालयहरु, प्रदेश नं. २ मा ६ शाखा कार्यालयहरु र १ एक्सटेन्सन काउन्टर, वाग्मती प्रदेशमा ६ शाखा कार्यालयहरु र १ एक्सटेन्सन काउन्टर, लुम्बिनी प्रदेशमा ४ शाखा कार्यालयहरु र गण्डकी प्रदेशमा १ शाखा कार्यालयबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

यस संस्थाको चुक्तापूँजी ८६ करोड ४० लाख तथा जगेडा कोषमा ३९ करोड ९५ लाख रहेको छ भने निक्षेप संकलन ६४५ करोड तथा कर्जा लगानी ५६७ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.