के.एल. दुगड समूहको स्वस्तिक आयल इण्डष्ट्रिज उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मानित

  २०७८ मंसिर १७ गते १८:१६     विकासन्युज

काठमाडौं । स्वस्तिक आयल इण्डष्ट्रिज आर्थिक वर्ष २०७७र७८ मा सर्वाधिक निर्यात गरेकोमा सम्मानित भएको छ ।

केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिजलाई मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेकोमा सम्मान गरेको हो ।

संघको ६५ औं वार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले स्वस्तिक आयल इण्डष्ट्रिज प्रा।लि।का संचालक विकास दुगडलाई उक्त सम्मान प्रदान गरेका छन् ।

स्वस्तिक आयल इण्डष्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्रि–वितरण गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.