बिओके सफलता मुद्दती खाता अन्तर्गत ५ लाखकाे बीमा दाबी भुक्तानी

  २०७८ मंसिर १३ गते १६:००     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूले बैंकका ग्राहक गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत ५ लाखको बीमा दाबी रकम प्रदान गरेकाे छ ।

बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेका खत्रीलाई बैंकले बीमा दाबी रकम हस्तान्तरण गरेको हाे । उक्त खातावाहक खत्रीकाे दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि सिद्धार्थ इन्सुरेन्ससँग समन्वय गरी रकम हस्तान्तरण गरेको हो ।

बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीज्यूले बीमा दाबी रकम खत्रीलाई हस्तान्तरण गरे ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.