कर्जा प्रवाह गर्दा बैंक तथा वित्तिय क्षेत्रले संयम्ता अपनाउनु पर्छ: देवकुमार ढकाल

  २०७८ मंसिर १२ गते १८:५०     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको बताएका छन् ।

आइतबार प्रवक्ता ढकालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा कर्जा प्रवाह अत्याधिक, आयात र निर्यात समेत अत्याधिक रुपमा बढेकाले बजारमा तरलताको अभाव भएको बताएका हुन् ।

उनले अहिले तरलताको कहाँबाट सुरु भयो भन्ने मुख्य विषय बनेकाे र बैंक तथा वित्तिय संस्थाहरुले आफूसँग भएको साधन स्रोतभन्दा बढी कर्जा प्रवाह गरेकाले बजारमा तरलताको असर सिर्जना भएको उल्लेख गरे । उनले पछिल्लो चार महिनाको तथ्याङक हेर्दा निर्यात र आयात दुवै उल्लेखनीय रुपमा बढ्दा भएको रकम सबै आयातको भुक्तानी गरिरहेको बताए ।

तरलतालाई सहज बनाउनको लागि बजारमा आवश्यक गर्ने रकम राष्ट्र बैंकले बेलाबेलामा आवश्यक टुलहरु मार्फत सहजिकरण गरिहेको छ । राष्ट्र बैंकले यो चार महिनामा १७ खर्ब ९६ अर्ब रुपैयाँ रिपो जारी गरिसकेको छ ।

यस्तै प्रवक्ता ढकालले अब सधैभरी यसरी राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने अवस्था नआउने पनि बताए । उनले कर्जा प्रवाह गर्दा बैंक तथा वित्तिय क्षेत्रले पनि संयम्ता अपनाउनु पर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा उत्पादन, रोजगारी र आर्थिक वृद्धि गर्ने क्षेत्रमा मात्रै गर्नु पर्छ । बैंकहरुले कर्जालाई व्यवस्थित गर्न सकेमा मात्रै समग्र अर्थतन्त्रमा राम्रो हुन्छ,’ उनले भने ।

उनले मौद्रिक नीतिको समिक्षाले बैंक तथा वित्तीय संस्थाको लागि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थामा केही लचकता अपनाएको बताए । सीडी रेसियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना बनाउने जिम्मा बैंक तथा वित्तीय संस्थालाई छाडिएको उनले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.