२०७८ मंसिर ७ गते १७:२८ विकासन्युज
काठमाडौं । जापान सरकारले २०२० को डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि प्रवेशमा रोक लगाईएकोमा २०२१ नोभेम्वर ०८ बाट प्रवेशको लागि अनुमति दिने निर्णय गरेको छ ।
यसबाट २०२० मा सिओई प्राप्त गरी ट्युसन फि लगायतका शुल्क तिरेर बसेका विद्यार्थीमा सहजता हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जनाएको छ ।
जापान सरकारले २०२० को अप्रिल देखि २०२१ को अप्रिल सम्मका विद्यार्थीलाई २०२१ को नोभेम्वर, डिसेम्वर र जनवरी गरी तिन महिनामा प्रवेशको अनुमती दिने र २०२१ को अप्रिल, जुलाई र अक्टोवरका विद्यार्थीलाई जनवरीपछि सुचना जारी गर्ने जनाएको छ ।
यसको अर्थ २०२० जनवरी ०१ देखि २०२० मार्च ३१ सम्म सिओई प्राप्त विद्यार्थीले नोभेम्वर २०२१ मा, २०२० जनवरी ०१ देखि २०२० सेप्टेम्वर ३० सम्मका सिओई प्राप्त विद्यार्थीले डिसेमम्वर २०२१ मा र २०२० जनवरी ०१ देखि २०२१ मार्च ३१ सम्म सिओई प्राप्त विद्यार्थीले जनवरी २०२२ मा प्रवेश पाउनेछन ।
सोहि अनुसार नेपालबाट जापानिज दुतावासमा भिसा आवेदन गरी भिसा प्राप्त गर्न सकिने इक्यानले जनाएको छ ।
इक्यानको अनुसार नेपालमा भिसा आवेदन पुर्व विद्यार्थीले आफुले अध्ययन गर्न जान चाहेको कलेज, स्कुलबाट माग गरिएको कागजपत्र पेश गरी जापानको शिक्षा मन्त्रालयबाट प्रदान गर्ने सर्टिफिकेट या एक्जामिनेसन स्क्रिनिङ्ग सर्टिफिकेट लिनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।
स्क्रिनिङ्ग सर्टिफिकेट प्राप्त विद्यार्थीले मात्र भिसा आवेदन गर्न सक्नेछन । साथै नेपालमा अवस्थित जापानिज दुतावासको नयाँ नियम अनुसार सम्पुर्ण भिसा आवेदन नेपाल अवस्थित भिएफएस ग्लोबल नेपालबाट मात्र लिइने व्यवस्था इक्यानले जनाएको छ ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.