उपत्यकाकाे प्रवेश नाकामा भेरोसेल र कोभिशिल्ड खोप दिइने

  २०७८ मंसिर ६ गते १९:१७     विकासन्युज

काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने ४ वटा नाकामा कोभिडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको छ ।

काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा १ महिने खोप कार्यक्रम चलाएको हो । मंसिर ५ गतेबाट सुरु भएको उक्त कार्यक्रम पुस ५ गतेसम्म चल्नेछ ।

काठमाडौं प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका नागरिकलाई उमेर खुलेको प्रमाण कागजका आधारमा खोप दिइने महानगरले जनाएकाे छ ।

‘संघीय नेपालको केन्द्रीय राजधानी सहर भएकोले हामीले काठमाडौं महानगरबाहिरका नागरिकलाई पनि सेवा दिएका हौँ । देशका सबै नागरिक स्वस्थ्य भए भने काठमाडौं पनि सुरक्षित हुन्छ । त्यसैले हामीले आफ्नो भौगोलिक र कार्य क्षेत्रबाहिर गएर पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ,’  खोप कार्यक्रमका बारे महानगरका प्रमुख विद्यासुन्दरले भने ।

यससँगै महानगरका सवै (३२ वटै) वडाहरुबाट मंसिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने भएको छ । वडा खोप समन्वय केन्द्रले वडामा तोकेको केन्द्र र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले तोकेका अस्पतालहरुबाट खोप दिइनेछ ।

यसमा १८ बर्ष उमेर समूह माथिका यस खोप लगाउन छुटेका सवै नागरिक र यस अघि पहिलो मात्रा लगाएर ८ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यसमा भेरोसेल, कोभिसिल्ड/एक्स्ट्राजेनिका खोप उपलब्ध हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.