ओरालो लागेको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

  २०७८ मंसिर ५ गते १५:२९     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको हो ।

नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशतले घटी हो । त्यस्तै, कारोबार रकम घटेर ४ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा करिब २ अर्बले घटी हो । गत बिहीबारको बजारमा ६ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०र१० प्रतिशतले बढेको छ । पछिल्लो कारोबारको तुलनामा नारायणीको सेयर मूल्य ८६.६० रुपैयाँले बढेर प्रतिकित्ता ९५२.६० रुपैयाँ र मानुषीको १४९.५० रुपैयाँले बढेर प्रतिकित्ता १६४४.८० रुपैयाँ पुगेको छ ।

नारायणी डेभलपमेन्टले हकप्रद सेयर जारी गर्ने भएसँगै संस्थाको सेयर मूल्य बढेको हो । संस्थाले गत मंसिर ३ गते मात्रै नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको थियो । यससँगै, संस्थाले अब १३ करोड १२ लाख रुपैयाँ बराबरको १३ लाख १२ हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ ।

आइतबार सबैभन्दा बढी तेह्रथुम पावरको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ४.२१ प्रतिशतले घटेर प्रतिकित्ता ६१६ रुपैयाँमा झरेको छ ।

बजारमा हाइड्रोपावर र उत्पादनमूलक समूह उकालो लागेका छन् भने कारोबारमा आएका बाँकी सबै समूह ओरालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.