काठमाडौं महानगरले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ अनुदान दिने

  २०७८ मंसिर ३ गते ११:४७     विकासन्युज

काठमाडौं । मधुमेह पहिचान, रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

विश्व मधुमेह दिवस २०२१ को सन्दर्भ पारेर आज महानगरको स्वास्थ्य विभाग र मधुमेही समाजबीच यसबारे सम्झौता भएको हो । उक्त सम्झौतामा महानगरकातर्फबाट विभागका प्रमुख हरिबहादुर कुँवर र समाजकातर्फबाट अध्यक्ष शिव श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

काठमाडौं महानगरपालिकाले समाजलाई आउँदो असारमसान्तसम्मका लागि १० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने छ ।

यस सम्झाैता अनुसार नेपाल मधुमेही समाजले काठमाडाैं महानगरक जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्नेछ । यसमा चिनी रोग, अक्सिजनको मात्रा, रक्तचाप, परीक्षण पनि निःशुृल्क हुनेछ भने यस परीक्षणबाट रोगको लक्षण देखिए थप उपचारका लागि पठाइनेछ । यसरी थप हुने उपचारमा पनि नाम दर्ता, परामर्श, इसीजी, इको, भिडियो, एक्स रे, मुटु, मिर्गौला, कलेजो, प्रोस्टेडलगायतका परीक्षण पनि निःशुल्क हुने मधुमेही समाजले जनाएकाे छ ।

यसबाट महानगरको सहरी स्वास्थ्य क्लिनिकका प्राविधिकहरुलाई मधुमेह र रक्तचाप परीक्षण सम्बन्धी १ दिने तालिम र जनप्रतिनिधि तथा कर्मचारी गरी २ सय जनालाई मधुमेह सम्बन्धी प्रशिक्षण दिइने भएको छ ।

सम्झौतापछि बोल्दै प्रमुख शाक्यले सहरका घर घरमा मधुमेहका बिरामी भएकोले यसबाट हुने जोखिम घटाउन सबै सजग हुनुपर्ने बताए ।

हरेक वर्षको नोभेम्बर १४ तारिखका दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.