२०७८ मंसिर ३ गते १०:०८ विकासन्युज
काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकको प्रस्तावित १५.५० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश पाउने छन् ।
बैंकको २७औंं वार्षिक साधारणसभाले सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ । सभाले आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गरेको हो ।
उक्त निर्वाचनमा संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भएका छन् ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.