राष्ट्रिय वाणिज्य बैंकबाट निगमका कर्मचारीले सस्तोमा १५ लाखसम्म कर्जा पाउने

  २०७८ कार्तिक २८ गते १७:१४     विकासन्युज

काठमाडा‌ैं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि.कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई बैंकले निगमको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ ।

हाल बैंकको आधार दर ५.४१ प्रतिशत रहेको छ । सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.