लुम्बिनी विकास बैंकको लाभांश संशोधन, बढ्यो बोनसदर

  २०७८ कार्तिक २८ गते १३:३३     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले प्रस्ताव गरेको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्रले बैंकले प्रस्तावित लाभांश संशोधन गर्न निर्देशन दिएसँगै बैंकले संशोधन गरेको हो ।

संशोधित लाभांश अनुसार अब बैंकले सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो प्रस्तावित लाभांशको तुलनामा समग्रमा घटी हो । तर प्रस्तावित बोनस सेयरभन्दा संशोधित बोनस सेयर बढी रहेको छ ।

संशोधित लाभांश अनुसार बैंकले सेयरधनीलाई १३ प्रतिशत बोनस र ०.६८४२ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसलाई राष्ट्र बैंकले पुनः संशोधन गर्नुपर्ने छ ।

यसअघि संस्थाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यससँगै संशोधित १३.६८४२ प्रतिशत लाभांशलाई राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.