सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा रुपन्देहीकाे मणिग्राममा

  २०७८ कार्तिक २५ गते १७:४०     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले तिलोत्तमा नगरपालिकाकाे रुपन्देही वडा नं. ५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ ।

बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा उक्त शाखाको सञ्चालनबाट साे क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा लिने वातावरण बन्ने बैंक विश्वस्त रहेको बैंकले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.