बिहीबार ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

  २०७८ कार्तिक २५ गते १६:५५     विकासन्युज

काठमाडौं । बिहीबार पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ९ हजार ९ सय ५३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगैं नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ७ लाख ९७ हजार ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्‍यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेका छन् । जसमध्ये ७ हजार १० जना होम आइसोलेसनमा रहेका छन् भने ५२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.