नबिल बैंकले दराजको ११.११ मा क्यासब्याक अफर दिने

  २०७८ कार्तिक २४ गते १०:५८     विकासन्युज

काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकको लागि सुनौलो अफर ल्याएको छ । उक्त अफर अन्तर्गत नबिल बैंकका ग्राहकले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

दराजसँगको साझेदरीमा बैंकले कार्त्तिक २५ गतेदेखि मंसिर ३ गते ९तदनुसार ई।सं। ११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१० सम्म सो मात्राको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसर शुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नेछन् ।

बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.