एउटैकाे ३५ लाखसम्म पर्ने रुद्राक्षको व्यापारमा मन्दी, घर–घरमा पुग्ने भारतीय र चिनियाँ व्यापारी आएनन्

  २०७८ कार्तिक २१ गते १४:४४     राजिव न्यौपाने

काठमाडौं । दानाको लाखौं रुपैयाँ पर्ने रुद्राक्षको व्यापारमा मन्दी आएको छ । विगतका वर्षहरुमा वर्षेनी ५ अर्ब रुपैयाँसम्म कारोबार हुने रुद्राक्षको व्यापारमा यो वर्ष भने सुस्त देखिएको हो ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण रुद्राक्षको व्यापार सुस्ताएको हो । कोराना भाइरसकै कारण लामोसमयसमम भएको लकडाउन, सटडाउन तथा निषेधात्राको कारण रुद्राक्ष निर्यातमा समस्या हुँदा व्यापार सुस्ताएको रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार चापागाईं बताउँछन् ।

उनका अनुसार विगतको वर्षहरुको तुलनामा गत वर्ष र यो वर्ष पनि रुद्राक्ष व्यापार सुस्ताएको छ ।

कोरोना भाइरस अगाडिको समयमा गाउँगाउँमा भारतीय र चीनियाँ व्यापरी आउँथे, तर लकडाउनपछि भने आउनै छोडे, वर्षेनी ५ अर्ब रुपैयाँसम्म हुने रुद्राक्षको कारोबार गत वर्ष निकै तल झर्यो,’ उनले भने ।

उनका अनुसार हाल देशका ४५ वटा जिल्लामा रुद्राक्षको व्यवसायिक खेति भइरहेको छ । रुद्राक्ष उत्पादनको मुख्य क्षेत्र भने पूर्वी नेपालको भोजपुर र संखुवासभालाई लिइन्छ ।

‘यहाँ उत्पादन भएको रुद्राक्ष बढी जसो चीन र भारतमा निर्यात हुन्छ, कोरोनाको कारण निर्यात पनि रोकियो, व्यापारी नआउँदा व्यापार धेरै खुम्चियो, यो वर्ष पनि आएका छैनन्, विदेशी व्यापारी नआउँदा सम्पूर्ण व्यवसायीलाई चिन्ता लागेको छ, यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गर्न आवश्यक छ,’ उनले विकासन्युजसँग भने ।

उनले तीन वटै सरकारको समन्वय हुन नसकदा पनि रुद्राक्ष व्यवसायको व्यापार व्यवस्थापन हुन नसकेको बताए । मूल्य निर्धारण, बजार व्यवस्थापनदेखि निर्यातलाई प्रोत्साहन गर्ने काममा कुनै पनि सरकरले वास्ता नगर्दा व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको अध्यक्ष चापागाईँको भनाई छ ।

नेपालबाट चीन र भारतमा वार्षिक १५ देखि २० लाख केजी रुद्राक्ष निर्यात हुने गरेको उनले बताए ।

‘तीन–चार वर्ष अघिसम्म रुद्राक्षको कारोबार ह्वात्तै उठेको थियो , मूल्य बढ्दा कृषकले समेत राम्रै आम्दानी गरेका थिए, तर गत वर्षदेखि व्यापार खस्कदै गएको छ, यसले सम्पूर्ण व्यवसायी तथा किसानलाई समस्या भएको छ, यसमा तीन वटै तहका सरकारले ध्यान दिन आवश्यक छ,’ उनले भने ।

हेर्दा राम्रो, आकार मिलेको, चिल्लो तथा कति मुखे रुद्राक्ष हो सोही अनुसार मूल्य निर्धारण हुने उनको भनाई छ । उनका अनुसार प्रति गोटा रुद्राक्षको मूल्य ५ सय रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म पर्ने गरेको छ । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले समन्वय गरेर रुद्राक्ष व्यवसायलाई प्रोत्साहन गर्न नसके व्यवसाय नै धरापमा पर्न सक्ने बताए ।

भारतीय व्यापारीले ठूलामुखे र चिनियाँ व्यापारीले तीनदेखि १४ मुखे रुद्राक्ष लिने गरेको उनी बताउँछन् । रुद्राक्ष व्यवसायले ५ लाख हजारभन्दा बढी मानिसलाई रोजगारी दिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.