एनसीसी बैंकका ग्राहकलाई दराज ११.११ मा १५ प्रतिशतसम्म छुट

  २०७८ कार्तिक १७ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  ९एनसीसी० र दराज अनलाइन सपिङबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एनसीसी बैंकका ग्राहकले दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कताले दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा थप १५ प्रतिशतसम्म छुट पाउनेछन् जसमा डेबिट कार्डमा अधिकतम ३ हजार र क्रेडिट कार्डमा अधिकतम ३५ सयसम्मका छुट प्राप्त गर्न सकिनेछ । यो योजाना कात्तिक २५ को दिन शुरु भई २४ घण्टामा समापन हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १३६ शाखा, ११० वटा एटिएम र ११ वटा एक्स्टेन्सन काउन्टर संचालित गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.