स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

  २०७८ कार्तिक १७ गते १७:५१     विकासन्युज

काठमाडौं । एससिटीद्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ ।

एससिटीमार्फत बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक पाइने भएको हो ।

यो अफर तिहारको अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्उुआर नेटवर्कको सदस्य वालेट आइएमइए पे, प्रभु पे, क्यु पे र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्माट क्युआर मार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन् ।

नेपालमा स्मार्ट क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.