सांग्रिला डेभलपमेन्ट बैंकको १०१ औं शाखा सर्लाहीको बरहथवामा

  २०७८ कार्तिक १५ गते १७:३०     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै सर्लाहीको नगरपालिका वडा नं. ६ स्थित बरहथवा शाखा संचालनमा ल्याएको छ ।

बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । बरहथवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.