नेपाल इन्भेष्टमेन्ट बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि सुधार

  २०७८ कार्तिक १५ गते १२:२८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९२ करोड ३७ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको तुलनामा बढेको हो ।

गत वर्षको सोही अवधिमा बैंकले ६२ करोड ३८ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । हाल बैंकसँग २० करोड ६० लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्षको पहिलो त्रैमाससम्ममा १७.५१ रुपैयाँ रहेको ईपीएस चालु आवको पहिलो त्रैमासमा २२.७३ रुपैयाँ कायम भएको छ ।

बैंकले चालु आवको पहिलो त्रैमाससम्म कुल १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरी कुल १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफामा सुधार गरेको बैंकको खुद व्याज आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल १ अर्ब ६३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा भने १ अर्ब २७ करोड रुपैयाँ मात्रै खुद व्याज आम्दानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.